पाथिभरा बनमा भीषण डढेलो, अझै नियन्त्रण बाहिर

Newslaya Home

पाथिभरा बनमा भीषण डढेलो, अझै नियन्त्रण बाहिर

मङ्गलबार २५, चैत २०७६

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पाथिभरा सामुदायीक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउँन सकेको छैन । सोमबार (हिजो) साँझबाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आउँन नसकेको हो ।

डढेलोले बनको करिव २५ सय रोपनी क्षेत्रफल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ । आगो नियन्त्रणका लागि सक्दो प्रयास गरिरहे प्रहरीले जनाएको छ । ठूलो क्षेत्रफलमा आगो लागेको र भिरालो भूभाग भएकाले आगो नियन्त्रण हुन नसकेको जनाइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगलागीका कारण हजारौ बोटबिरुवा जलेर नष्ट भएका छन् । आगोका कारण भेडेटार स्थित पाथिभरा मन्दिरसहित आसपासका होटलहरु पनि जोखिममा परेका छन् ।