प्रधानमन्त्री ओलीः आउने दुई साता थप चुनौतीपूर्ण (सम्बोधनको पूर्ण पाठसहित)

Newslaya Home

प्रधानमन्त्री ओलीः आउने दुई साता थप चुनौतीपूर्ण (सम्बोधनको पूर्ण पाठसहित)

मङ्गलबार २५, चैत २०७६

काठमाण्डौ । मंगलबार(आज) प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा प्रधानमन्त्री ओलीले आउने दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका बताएका छन्।

३ वैशाखसम्म बन्दाबन्दी थप गरिएको भएपनि प्रधानमन्त्री ओलीले आउने दुई साता नै चुनौतीपूर्ण हुने बताएका हुन्। यसअगाडि जस्तै यो थपिने अवधिमा पनि बन्दाबन्दीप्रति साथ दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले सवै मिलेर कोरोना संक्रमणको महामारी विरुद्ध लड्नुपर्ने बताएका हुन्।

यो अवधिमा महत्वपूर्ण भूमिका खेल्ने जनप्रतिनिधि र जनसमुदायप्रति आभार प्रकट गरेका प्रधानमन्त्री ओलीले महामारी दोस्रो चरणमा प्रवेश गरेकाले थप सचेतता अपनाउन आवश्यक रहेको बताए। विश्वलाई महामारी नियन्त्रण गर्न हम्मे–हम्मे परिरहेका बेला नेपाल सरकारले सन्तोषजनक प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले आमसञ्चार माध्यमहरुले विशेष भूमिका खेल्नुपर्ने बताए।

https://www.nepalsamaya.com/detail/27377