कक्षा ११ र १२ को परीक्षाको विषयमा आज निर्णय हुँदै

Newslaya Home

कक्षा ११ र १२ को परीक्षाको विषयमा आज निर्णय हुँदै

मङ्गलबार २५, चैत २०७६

काठमाडौं । वैशाखमा सञ्चालन हुन लागेको कक्षा ११ र १२ को परीक्षाको विषयमा निर्णय गर्न आज (मंगलबार) दिउँसो राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ ।

आजको बैठकले परीक्षा रोक्ने वा नरोक्ने विषयमा निर्णय गर्ने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

कक्षा १२ को परीक्षा आगामी वैशाख ८ र कक्षा ११ को वैशाख २१ गतेबाट गर्ने निर्णय यस अघि नै बोर्डले गरेको थियो।

कोरोना संक्रमण फैलिने डरको कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ ।

एसइई परीक्षा लकडाउन खुलेपछि मात्रै गर्ने भन्दै सरकारले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह गरेको छ ।

एसइईसमेत रोकिएकाले कक्षा ११ र १२ को परीक्षासमेत रोकिने संभावना रहेको स्रोतले दाबी गरेको छ ।