इटहरीका युवा इन्जिनियरहरुले बनाइदिए कोरोनाको स्याम्पल कलेक्सन बुथ (फोटोफिचरसहित)

Newslaya Home

इटहरीका युवा इन्जिनियरहरुले बनाइदिए कोरोनाको स्याम्पल कलेक्सन बुथ (फोटोफिचरसहित)

सोमबार २४, चैत २०७६

इटहरी । इटहरीका इन्जिनियर युवाहरुले कोरोनाका बिरामीहरुलाई जाँच्न प्रयोग गरिने स्याम्पल कलेक्सन बुथ बनाएर इटहरी अस्पताललाई दिएका छन् ।

नेपाल इन्जिनियरर्स एशोसिएसन इटहरी च्याप्टरका इन्जिनियरहरु मोहन कार्की, रविन आचार्य, राजु आचार्य, प्रशान्त पोख्रेल, नवीन भट्टराईलगायतको टिमले उक्त बुथ तयार पारेको हो । ४० हजार रुपैया हाराहारीमा यस्तो बुथ बनाइएको हो । बुथभित्र डाक्टर बसेर बिरामीलाई नछोइ जाँच्न गर्न सकिन्छ ।

बुथ पुर्ण आइसोलेटेड हुन्छ भने डाक्टरको लागि पन्जा जडान गरिएको हुन्छ । जसले गर्दा गुणस्तरीय पीपीइ नहुँदा पनि कोरोना संक्रमितहरुलाई जाँच्न सकिन्छ । बुथ आजै इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको इन्जिनियर मोहन कार्कीले जानकारी दिए । बुथ हस्तान्तरण कार्यक्रममा सहभागि हुँदै इटहरीकी उपमेयर लक्ष्मी गौतमले निजि अस्पतालहरुलेसमेत यस्तो बुथ प्रयोग गरेर ज्वरोका बिरामीहरुलाई जाँच्न सुझाव दिएकी छिन् । कोरोनाका कारण अन्य बिरामी पीडामा रहेको उनको भनाई छ ।