दुहबीमा भाडामा बस्नेले राहत नपाएपछी बिवाद

Newslaya Home

दुहबीमा भाडामा बस्नेले राहत नपाएपछी बिवाद

सोमबार २४, चैत २०७६

इटहरी । सुनसरीको दुहबी नगरपालिकाले कोठा भाडामा बस्नेहरुलाई राहत नबाढ्ने भएपछि बिवाद सुरु भएको छ । दुहबी–८ मा भाडामा बस्ने पाँच सय परिवारलाई सरकारी राहत नबाढेको भन्दै बिवाद भएपछि राहत वितरण काम रोकिएको छ ।

सोहि वडामा २० बर्ष देखि भाडामा बस्दै आएकी कोपिला खडका अनुसार दुहबी नगरपालिकाले भाडामा बस्नेहरुले सरकारी राहत नपाउने निर्णय गरेर आफुहरु माथि अन्याय गरेको गुनासो गरिन् । उनले आफुहरुको कती दिन देखि चुलो समेत नबलेको र आफू लगायत छोराछोरी भोकभोकै बस्नु परेको दुखेसो पोखिन् ।

भाडामा बस्नेहरुले नगरपालिकाले आफूहरुलाई बाहिरको नागरिक भनेर बिभेद गरेको भन्दै गुनासो पोखे ।

राहतको बिषयमा दुहबी–८ का वडा अध्यक्ष तारिकचन्द सरदार संंग बुझदा दुहबी नगरपालिका बाटनै भाडामा बस्ने नागरिकलाई राहत नपाउने निर्णय भएकोमा आफु बाध्य भएर दिन नसकेको बताए । राहत वितरणमा विभेद गरेको भन्दै विवाद सुरु भएपछि राहत वितरण रोकिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लम्ब्याएपछि दुहबी नगरपालिकाले १ करोडको राहतको घोषणा गरेको थियो । उता दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले वडाअध्यक्षहरुको सिफारिसमा भाडामा बस्ने असंगठित मजदुरहरुले पनि राहत पाउने बताए ।