धनकुटाको कोल्बोटो जंगलमा भीषण आगलागी

Newslaya Home

धनकुटाको कोल्बोटो जंगलमा भीषण आगलागी

सोमबार २४, चैत २०७६

धनकुटा । धनकुटाको साँगुरीगढी–६ स्थित कोल्बोटो जङ्गलमा भीषण आगलागी भएको छ ।

आइतबार दिउँसो कोल्बोटबाट सुरु भएको आगलागी पाथीभरा मन्दिर नजिक पुगेको बताइएको छ ।

२४ घण्टा वितिसक्दा समेत आगलागी नियन्त्रणमा नआएकाले नियन्त्रणका लागि सशस्त्र २५, नेपाल प्रहरी १२, आर्मी र स्थानीय गरि करिब ४० जनाको समूह साथै स्थानीयबासी खटिरहेको भेडेटारका होटल व्यवसायी आशिष राईले जानकारी दिए ।

उक्त क्षेत्रमा स्थानीयको बसोबास नभएकोले मानवीय क्षति हुन नपाए पनि जङ्गलको ठूलो क्षेत्रलाई क्षति पुगेको स्थानीयले बताएका छन् ।