नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

Newslaya Home

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

सोमबार २४, चैत २०७६

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरिएको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले जानकारी दिए ।

यसअघि अर्थमन्त्री डा युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भटराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटासहितको तीन सदस्यीय टोलीले तीन जनाको नाम सिफारिस गरेको थियो ।

तत्कालीन गभर्नर डा. चिरञ्जीजी नेपालको कार्यकाल चैत ४ मा सकिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त थियो ।