झापामा रिङमा डुबेर एक महिलाको मृत्यु

Newslaya Home

झापामा रिङमा डुबेर एक महिलाको मृत्यु

सोमबार २४, चैत २०७६

झापा । झापाको मेचिनगर–११ मिलडाँडामा रिङमा डुबेर एक महिलाको ज्यान गएको छ ।

आइतबार बेलुका छिमेकीको घरमा घुम्न गएका ५६ बर्षीय तारादेबी कुमालको पानीमा डुबेर मृत्यु भएको हो ।

आँगनमा पानी जमाउन बनाइएको रिङमा लड्दा सोही रिङमा डुबेर तारादेबीको मृत्यु भएको हो । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।