नेपाली युवक दिवेश अमेरिकन आइडलको टप २० मा प्रवेश

Newslaya Home

नेपाली युवक दिवेश अमेरिकन आइडलको टप २० मा प्रवेश

सोमबार २४, चैत २०७६

काठमाण्डौ । अमेरिकन आइडलमा उत्कृष्ट प्रस्तुती दिदैँ आएका नेपाली युवक दिवेश पोखरेल टप २० मा प्रवेश गरेका छन् । आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् ।

‘अर्थर गन’को नामबाट परिचित दिवेशले हरेक प्रस्तुतीमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् । अडिसनदेखि टप २० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुतीमा पनि उनले जजबाट उत्कृष्ट प्रतिकृया पाएका छन् ।

दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए । आफू टप २० मा परेकोमा दिवेश निकै खुसी छन् ।