धरानमा तीन जनामा डेंगु भएको पुष्टि

Newslaya Home

धरानमा तीन जनामा डेंगु भएको पुष्टि

सोमबार २४, चैत २०७६

धरान । धरानमा तीन जनामा डेंगु संक्रमणको पुष्टि भएको छ । गत बर्ष बैशाख अन्तिममा देखिएको डेंगु यसपटक चैत्र महिना देखिनै देखापरेको हो ।

धरानको विरेन्द्र मेडिकल हलमा बिरामी भएर स्वास्थ्य परिक्षण गर्न आईपुगेका धरान–१२ का ५४ बर्षिय एक महिला र धरान–१५ का १९ बर्षिय एक युवामा डेंगु भेटिएको विरेन्द्र मेडिकल हलले जनाएको छ । यस भन्दा अघि धरानको सन्ध्या इन होटलका चालकमा पनि डेंगु संक्रमण भेटिएको थियो । अहिले उनी निको भईसकेका छन् ।

यो वर्ष धरानमा चाँडै डेंगु देखिएकाले सर्वसाधरणले घर वरीपरि पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी छोपेर राख्नुपर्ने र फ्रिज, कुलरको पानी सफा गरीरहनुपर्ने, डेंगु संक्रमणको जोखिमबाट बेलैमा सचेत हुनुपर्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका बरिष्ठ कबिराज रामबाबु यादबले बताएका छन् ।

अहिले देश कोरोना भाइरसको महामारीमा केन्द्रित भईरहेको बेला यस्तो अवस्थामा सर्वसाधरण आफैले सचेतता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।