‘मनोज राई सम्पर्कमै’ : इटहरी प्रहरी

Newslaya Home

‘मनोज राई सम्पर्कमै’ : इटहरी प्रहरी

आइतबार २३, चैत २०७६

इटहरी । गत चैत्र ४ गते कतार एयरवेजबा ट नेपाल आएका इटहरी २ का मनोज राई सम्पर्कमै रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

इटहरी २ निवासी डुल्लु राईको छोरा मनोज राई कारोना आशंकामा घर बाहिर हिडिरहेको भन्ने सुचना भाइरल भइरहँदा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले यस्तो जानकारी दिएका हुन् ।

भण्डारीका अनुसार राई अहिले काठमाण्डौंमा रहेको र उनको काठमाडौंको टेकु अस्पतालमा कोरोना नेगेटिभ आएको छ । राईका परिवारसँग पनि प्रहरीले कुराकानी गरिसकेको र उनी घरमा लुकेर नबसेको भण्डारीले स्पष्ट पारेका छन् ।

कोरोना संक्रमितहरुसँगै एउटै विमानमा आएकाहरुको खोजी गरी निगरानीमा राख्ने काम प्रहरीले गरिरहेको छ ।