जम्मु–कश्मीरमा भिडन्त हुँदा १२ जनाको मृत्यु

Newslaya Home

जम्मु–कश्मीरमा भिडन्त हुँदा १२ जनाको मृत्यु

आइतबार २३, चैत २०७६

एजेन्सी । भारतको जम्मु–कश्मीरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त हुँदा १२ जनाको मृत्यु भएको छ ।

भारतीय सेनाले गरेको कारबाहीका क्रममा ९ जना आतंकवादी र तीन जना भारतीय सेनाको मृत्यु भएको हो ।

उक्त भिडन्तमा सुरुमा एक जना सैनिकको मृत्यु भएको थियो । घाइते भएका दुई सैनिकको भने भारी हिमपातका कारण अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।