धादिङमा दादुरा–रुबेलाबाट दुई बालकको मृत्यु

Newslaya Home

धादिङमा दादुरा–रुबेलाबाट दुई बालकको मृत्यु

आइतबार २३, चैत २०७६

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चेपाङ बस्तीमा दादुरा–रुबेलाबाट दुई बालकको मृत्यु भएको छ ।

डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट बेनीघाट–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङको मृत्यु भएको हो ।
अनिसाको चैत १७ र सुशान्तको चैत ११ मा मृत्यु भएको हो ।

वुमराङलगायत चार वटा वडामा फैलिएको दादुरा–रुबेलाबाट अहिलेसम्म १ सय ५० भन्दा बढी बिरामी परेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले जानकारी दिए ।