भारतमा कारोना फैलाएको आरोपमा एक युवामाथि गोली प्रहार

Newslaya Home

भारतमा कारोना फैलाएको आरोपमा एक युवामाथि गोली प्रहार

आइतबार २३, चैत २०७६

एजेन्सी । भारतको उत्तर प्रदेश स्थित करेली क्षेत्रमा एक युवाको गोली हानी हत्या गरिएको छ ।

आइतबारी बिहान प्रयागराज जिल्लाको करेलीमा ती युवालाई कोरोना फैलाएको भन्दै गोली, प्रहार गरिएको थियो ।

चिया पसलमा दुई युवाबीच झगडा हुँदा अर्का व्यक्तिले कोरोना फैलाएको भन्दै गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आक्रमण गर्ने युवालाई स्थानीयले समातेर प्रहरीमा बुझाएको र घटनाको संलग्नमा रहेको आरोपमा अन्य एकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।