मेक्सिकोका लागुऔषध कारोबारीबीच भएको झडपमा १९ जनाको मृत्यु

Newslaya Home

मेक्सिकोका लागुऔषध कारोबारीबीच भएको झडपमा १९ जनाको मृत्यु

आइतबार २३, चैत २०७६

काठमाण्डौ । मेक्सिकोमा दुई समूहबीच भएको गोली हानाहानमा १९ जनाको मृत्यु भएको छ । दुई विपक्षी लागुऔषध कारोबारी बीच मेक्सिकोको छिहुआहुआस्थित सीमामा भएको झडपमा १९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थलमा १८ जनाको शव, दुईवटा ग्रिनेड, सवारीसाधन र बन्दुकहरु भेटिएको मदेरा कार्यालयले जनाएको छ । अमेरिकातर्फ लागुऔषध ओसार्ने दुईवटा अपराधिक समूहबीच झडप भएको हो ।

अन्य दुई हतियारधारी सडकमा घाइते भेटिएका थिए । जसमा एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उक्त क्षेत्रमा अहिले प्रहरी र सेना परिचालन गरिएको छ ।