राहतको नाममा पुरानो रिसइबी बल्झँदा दुहबीमा झडप, झण्डै एक दर्जन घाइते

Newslaya Home

राहतको नाममा पुरानो रिसइबी बल्झँदा दुहबीमा झडप, झण्डै एक दर्जन घाइते

आइतबार २३, चैत २०७६

इटहरी । सुनसरीको दुहबी ९ मा दुई समुहबिचको पुरानो रिसइबी राहतको विषयमा बल्झँदा झडप भएको छ । झडपमा झण्डै एक् दर्जन मानिस घाइते भएका छन् । एक जना प्रहरी पनि घाइते भएको दुहबी प्रहरी प्रमुख प्रविण कार्कीले जानकारी दिएका छन् ।

राहत वितरणमा अनियमितता भएको भन्दै पछिल्लो समय विवाद चर्केको थियो । अनियमितताको विषयमा एक जना युवाले फेसबुक स्टाटस लेखेपछि सो विषयमा छलफल गर्न बसेको बेलामा विवाद चर्केर कुटाकुट भएको हो ।

दुहवी ९ छातावलीमा दुई पक्ष बीच भएको झडपमा प्रहरी जवान अनिल यादवसमेत घाइते छन् । घाइते सबैको स्थानिय क्लिनिकहरुमा उपचार भइरहेको छ । दुई पक्षबिच यसअघि पनि पटक पटक झगडा हुने गरेको कार्कीले बताए ।

वडाले राहत वितरण आजबाट सुरु गरेको थियो । यता दुहबी ९ का वडाअध्यक्ष मेहदी हुसैनले राजनितिक पुर्वग्राहका कारण आरोप लगाएको र छलफलको क्रममा झडप भएको बताए ।