लक डाउन अब झन् कडा, अर्को स्थानीय तह पनि जान नपाइने

Newslaya Home

लक डाउन अब झन् कडा, अर्को स्थानीय तह पनि जान नपाइने

शनिबार २२, चैत २०७६

काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको रोकथामका लागि लगाएको लकडाउनमा थप कडाइ गर्ने भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले गत चैत ११ गतेदेखि लगाएको लकडाउनमा स्थानीय तहमा हुने आवतजावतमासमेत कडाइ गर्ने निर्णय गरेको गरेको हो ।

एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावतमासमेत कडाइ गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।