सुनसरीमा २४ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Newslaya Home

सुनसरीमा २४ जनाको कोरोना रिपोर्ट नेगेटिभ

शनिबार २२, चैत २०७६

इटहरी । सुनसरी कोरोना भाइरस (कोभिड –१९) को आशङ्कामा ३९ जनाका स्वास्थ्य परीक्षण गरिएको छ ।

कोरोना भाइरसको परीक्षण गरिएका ३९ जना मध्ये २४ जनाको रिजल्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको हो ।

रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु घर फर्किएको र अन्य १२ जना भने स्वाव परीक्षणका क्रममा रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

तीन जनाको परीक्षण हुन बाँकी रहेको र आइसोलेशनमा राखिएका एक जना घर फर्किसकेको बताइएको छ ।

सुनसरीमा २६ महिला र १४१ पुरुष गरि जम्मा १६७ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।