चीनमा कोरोनाबाट ज्यान गुमाएकाहरूको स्मृतिमा राष्ट्रिय शोक, प्रधानमन्त्री ओलीद्वारा ऐक्यबद्धता

Newslaya Home

चीनमा कोरोनाबाट ज्यान गुमाएकाहरूको स्मृतिमा राष्ट्रिय शोक, प्रधानमन्त्री ओलीद्वारा ऐक्यबद्धता

शनिबार २२, चैत २०७६

काठमाडौँ । चीनमा कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएकाहरूको सम्झनामा शनिबार(आज) राष्ट्रिय शोक मनाइएको छ ।

चीनमा संक्रामक रोग कोरोना भाइरसका कारण ज्यान गुमाएकाहरुको सम्मानमा आज देशैभर ३ मिनेट मौनधारण गरेर सम्झना गरिएको हो । जसमा त्यहाँका राष्ट्रपति, सेना, सरकारी अधिकारी तथा नागरिकहरू सहभागी भएका छन् ।

आज बिहान १० बजे चीनभरिका सर्वसाधारणहरु उभिएर ३ मिनेट मौनधारण गरेका हुन् । साथै मोटर कार, रेल तथा पानीजहाजहरुले सोही समयमा साइरन बजाएको जनाइएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनले कोरोना भाइरसका कारण ज्यान गुमाएको स्मृतिमा शोक मनाइरहँदा ऐक्यबद्धता प्रकट गरेका छन् । चीनमा कोरोना भाइरसका कारण हालसम्म ३ हजार ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँको वुहान शहरबाट सुरू भएको सो महामारी अहिले विश्वभरि फैलिएको छ ।