नेपालमा फैलिन थाल्यो कोरोना, विदेशबाट आउने युवाको भाउजुलाई सरेको पुष्टि, थप दुई संक्रमित

Newslaya Home

नेपालमा फैलिन थाल्यो कोरोना, विदेशबाट आउने युवाको भाउजुलाई सरेको पुष्टि, थप दुई संक्रमित

शनिबार २२, चैत २०७६

काठमाडौं । नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना पोजेटिभको संख्या ९ पुगेको छ ।

कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीमध्ये एक जना नेपालमै पहिलो पटक संक्रमित भएका हुन् । धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजुलाई कोरोना सरेको पुष्टि भएको हो ।

आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ । २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ । यस्तै अर्का युवा कन्चनपुरका ४१ वर्षिय व्यक्तिलाई पनि कोरोना देखिएको छ । उनी भारतको उत्तराखण्डबाट आएका हुन् ।