पथरीशनिश्चरेमा बृद्धमाथि छुरा प्रहार

Newslaya Home

पथरीशनिश्चरेमा बृद्धमाथि छुरा प्रहार

शनिबार २२, चैत २०७६

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा छुरा प्रहारबाट एक बृद्ध सख्त घाइते भएका छन् । पथरी बजारका ६५ वर्षीय दिलीप तामाङ छुरा प्रहारबाट सख्त घाइते भएका हुन् ।

छुरा प्रहारबाट सख्त घाइते भएका तामाङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बाटो सम्बन्धी विवादमा शुक्रबार साँझ तामाङलाई सोही ठाउका विजय लिम्बुले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।