अन्तरमन : विपना राई

Newslaya Home

अन्तरमन : विपना राई

शनिबार २२, चैत २०७६

कविताः–

आखाँले आखाँसङ्ग बोल्यो त के भो ?
आखाँको भाव मनले बोल्यो त के भो ?
आखिर बोलिने शब्दमा त झुट हुन्छनी
आत्माले साचो कुरा जान्यो त के भो ?

मन न हो सङ्गिन सन्सारमा उड्न चाह्यो त के भो ?
लक्ष्यनै पिच्छेको अनुभव बाड्न चाह्यो त के भो ?
आखिर कसैको सुन्दर काल्पनिक लेखमा हराउन सक्ने मन
आफ्नै कथा ब्याथा सङगालेर कदम चाल्न चाह्यो त के भो ?

यात्रामा ठेस लागि चोट लाग्यो त के भो ?
त्यही चोटहरु रुखो भै खोट बन्यो त के भो ?
आखिर लडेर उठ्दै निरन्तरता दिन जान्ने हामी
गोरेटोमा काडा नै काडा को बोट भएर के भो ?

कवयत्रीः विपना राई
हतुवागढी–३, भोजपुर

3 प्रतिकृयाहरू प्राप्त
  • Navin gagarलेख्नुहुन्छ
  • |
  • शनिबार २२, चैत २०७६
So nice
  • Manoj Raलेख्नुहुन्छ
  • |
  • शनिबार २२, चैत २०७६
Dammy lagyo Yo antarman Bipana g ko
  • Manoj Raलेख्नुहुन्छ
  • |
  • शनिबार २२, चैत २०७६
Dammy lagyo Yo antarman Bipana g ko