कोरोना संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको संख्या ९१ पुग्यो

Newslaya Home

कोरोना संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको संख्या ९१ पुग्यो

शनिबार २२, चैत २०७६

काठमाण्डौ । भारतमा कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार(आज) बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९० पुगेको छ जसमध्ये १९१ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

शुक्रबार भारतका ६ राज्यहरु गुजरात, आन्ध्र प्रादेश, महाराष्ट्र, तेलंगना, हिमाञ्चल र दिल्लीमा १३ जना संक्रमितले ज्यान गुमाएका छन् । भारतीय स्वास्थ्य विभागका अनुसार आज दुई जना मानिसको ज्यान गएको छ ।

ज्यान गुमाउनेमध्ये कर्नाटककी ६० वर्षीया महिलाको परिवारका पूरै सदस्यमा कोरोना प्रोजेटिभ देखिएको छ ।