बराहक्षेत्रमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु

Newslaya Home

बराहक्षेत्रमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु

शनिबार २२, चैत २०७६

सुनसरी । सुनसरीको बराहक्षेत्र–२ पुतली चौकमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ पुतली चौक स्थित भित्रि सडकखण्डमा को २ त १८३६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३२ बर्षीय हरी थापाको मृत्यु भएको हो ।

ट्याक्टर आफै अन्यन्त्रित भई पल्टदा सोही ट्याक्टरले किचेर सहचालक थापाको घटस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा घाइते भएका ट्याक्टर चालक ४३ बर्षीय टंक निरौलाको धरान घोपामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।