कोरोना संक्रमित युवतीसँगै भोजपुर आएका युवकको रिपोर्ट नेगेटिभ

Newslaya Home

कोरोना संक्रमित युवतीसँगै भोजपुर आएका युवकको रिपोर्ट नेगेटिभ

शनिबार २२, चैत २०७६

भोजपुर । कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा भोजपुर आएका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

गत चैत ४ मा कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट आएका षडानन्द नगरपालिकाका एक युवकको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको हो ।

क्वारेन्टाइनमा बस्दै आएका उनको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ ।

त्यस्तै, भारत सुनौली भन्सार हुँदै आएका सोही ठाउँका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको छ । षडानन्द नगरपालिकाले दिङलास्थित हस्पिटलको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका दुवैजनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

यस्तै, कतारबाट आई होम क्वारेन्टाइनमा बस्दै आएका अरुण गाउँपालिकाका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको छ । ती युवा मा ज्वरो बढेपछि थप उपचारका लागि भन्दै चैत १५ गते धरान लगिएको उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको हो ।