धरानमा आगलागी हुँदा १५ बाख्रा जल्यो

Newslaya Home

धरानमा आगलागी हुँदा १५ बाख्रा जल्यो

शनिबार २२, चैत २०७६

धरान । सुनसरीको धरान–१५ त्रिवणी चोकस्थित एक गोठमा आगलागी भएको छ ।

शुक्रबार दिउँसो स्थानीय कविता लिम्बुको घरमा रहेको गोठमा आगालाी भएको हो ।

आगलागीबाट लिम्बुको बाख्रापाठा गरि १५ वटा र एउटा बंगुर समेत जलेर मरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उक्त आगलागी धरान उपमहागनरपालिकाको दमकल गएर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।