दिल्लीको धार्मिक सभामा उदयपुरबाट पाँच जनाले सहभागी जनाएको खुलासा

Newslaya Home

दिल्लीको धार्मिक सभामा उदयपुरबाट पाँच जनाले सहभागी जनाएको खुलासा

शुक्रबार २१, चैत २०७६

उदयपुर । भारतको राजधानी दिल्लीस्थित निजामुद्दीन मरकज मस्जिदमा भएको धार्मिक सभामा सहभागी भएका नेपालीहरुमध्ये उदयपुरका पाँच जना रहेको खुलासा भएको छ ।

बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दीन मरकजमा हुने धार्मिक सभामा दैनिक हजार भन्दा बढी नमाजी सहभागी हुने गरेका छन् ।

त्रियुगा नगरपालिका भित्रको चार जना र कटारी नगरपालिकाको एक जना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए ।

त्रियुगा नगरपालिकाका चार जनालाई त्रियुगा जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै, कटारी नगरपालिकाबाट गएका उक्त व्यक्तिको पहिचान हुन नसकेको एसपी मगरले जानकारी दिए ।

चैत ८ गते भएको उक्त धार्मिक सभामा सहभागी मध्ये कयौं जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।