भोजपुरमा अलपत्र परेका २५० मजदुरलाई घर पठाइयो

Newslaya Home

भोजपुरमा अलपत्र परेका २५० मजदुरलाई घर पठाइयो

शुक्रबार २१, चैत २०७६

भोजपुर । भोजपुरको विभिन्न आयोजनामा काम गर्दै आएका २ सय ५० जना मजदुरको उद्धार गरि घर पठाइएको छ ।

जिल्ला प्रशासन भोजपुरले लकडाउनको कारण अलपत्र परेका काठमाडौं, बाँके, बर्दिया, दाङ, कैलालीबाट आएका मजदुरलाई घर पठाउने प्रबन्ध मिलाएको हो ।

भोजपुर सदरमुकाममा सञ्चालित तीनभंगाले खानेपानी आयोजनामा काम गर्ने ७९ जना, मध्यपहाडी लोकमार्गमा काम गर्ने ९५ जनासहित अन्य विभिन्न आयोजनामा काम गर्ने मजदुरलाई यात्रुबसबाट घर फर्काईएको प्रमु जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।

प्रजिअ पुरीले लकडाउनको प्रभावलाई जिल्लामा ३ महिनालाई पुग्ने खाद्यान्न भण्डारण गरिएको हुँदा सर्वसाधरणलाई नअतालिन आग्रह गरे ।