वी वील राइज फाउण्डेसनद्धारा सित्तैमा रिचार्ज पाइने

Newslaya Home

वी वील राइज फाउण्डेसनद्धारा सित्तैमा रिचार्ज पाइने

शुक्रबार २१, चैत २०७६

काठमाडौं । हामी उठ्नेछौं (वी वील राइज) फाउण्डेसनले सित्तैमा १०० को रिचार्ज उपलब्ध गराउने भएको छ ।

लकडाउनको दोस्रो साता चलिरहेको अवस्थामा रिचार्ज गर्न नसक्नेहरुका लागि उक्त सेवा प्रदान गरिने भएको हो ।

पहिलो चरणमा ५०० जनालाई प्रदान गर्न लागिएको उक्त रिचार्ज पाउनको लागि आफ्नो अवस्था जनाई ९८४१२८७१९८ (एनटीसी) र ९८१३२०७४८७ (एनसेल) दुई नम्बरहरुमा एसएमएस गर्नुपर्ने जनाइएको छ ।

लकडाउनले गर्दा अहिले ब्यालेन्स गर्न नसकिने, रिचार्ड कार्ड किन्न नसकिने ठाउँहरुका लागि यो सेवा उपलब्ध गराइने भएको हो । सुरुमा ५०० जनालाई यो सेवा दिइने र पछि आवश्यकता अनुसार थप गरिने वी वील राइजको वेभसाइट https://wwrf.org.np/ मार्फत घोषणा गरिएको हो ।