कास्कीमा भेटिए सातौं कोरोना संक्रमित

Newslaya Home

कास्कीमा भेटिए सातौं कोरोना संक्रमित

शुक्रबार २१, चैत २०७६

काठमाडौं । नेपालमा कोरोना संक्रमित अर्का व्यक्ति फेला परेका छन् । उनीसँगै नेपालमा सात जनामा कोरोना पोजेटिभ देखिएको छ ।

भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।