कोरोनाको कारण फ्रान्समा एकैदिन १३ सय ५५ जनाको मृत्यु

Newslaya Home

कोरोनाको कारण फ्रान्समा एकैदिन १३ सय ५५ जनाको मृत्यु

शुक्रबार २१, चैत २०७६

काठमाडौं । फ्रान्समा कोरोना भाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् ।

यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ ।

अहिलेसम्म विश्वका २०४ देशहरुमा कोरोना भाइरसको महामारी फैलिइसकेको छ । कोरोनाको महामारीबाट विश्वभरमा ५३ हजार १ सय ९० जनाले ज्यान गुमाइसकेका छन् भने १० लाख १५ हजार ४ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।