भारतमा ऐक्यवद्धताको लागि दीप प्रज्वलन गर्न प्रधानमन्त्री मोदीको आग्रह

Newslaya Home

भारतमा ऐक्यवद्धताको लागि दीप प्रज्वलन गर्न प्रधानमन्त्री मोदीको आग्रह

शुक्रबार २१, चैत २०७६

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनताहरुलाई ऐक्यवद्धताको लागि देशभर दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।

लकडाउनका बेला ऐकवद्धता देखाउन आइतबार अप्रिल ५ को राति ९ बजे देशभरका जनतालाई आआफ्नो ठाउँबाट मैनबत्ती तथा बत्ती नभएको खण्डमा मोबाइलको ‘फ्ल्यास लाइट’ बाल्न प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।

लकडाउनका बेला कोही पनि एक्लै नभएको सन्देश प्रवाह गर्न यस्तो आग्रह गरिएको प्रधानमन्त्री मोदीको भनाइ छ । यसरी दीप प्रज्वलन ९ मिनेटसम्म गर्न उनको आग्रह छ ।

साथै प्रधानमन्त्री मोदी कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेका छन् । कोरोना भाइरसविरुद्ध देशव्यापी अभियानको रुपमा मोदीले शुक्रबार बिहान भिडिओ सन्देश मार्फत यस्तो आग्रह गरेका हुन् ।