ताप्लेजुङमा १८ वर्षीय युवतीको शव फेला

Newslaya Home

ताप्लेजुङमा १८ वर्षीय युवतीको शव फेला

बिहीबार २०, चैत २०७६

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित सेनिमा भिरमा एक युवतीको शव फेला परेको छ ।

मंगलबार बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी १८ बर्षीय दिकी शेर्पा सेनिमा भिरको मुनी मृत फेला परेकी हुन् ।

युवती बेलुका सम्म पनि घर फर्केर नआएपछी खोजतलास गर्दै जाने क्रममा बिहीबार बिहान उक्त भिर मुनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ प्रहरीको टोली पुगेर कानुनी प्रकृया पुरा गरि थप अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।