उदयपुर र मोरङमा पानीमा डुबेर दुई जनाको मृत्यु

Newslaya Home

उदयपुर र मोरङमा पानीमा डुबेर दुई जनाको मृत्यु

बिहीबार २०, चैत २०७६

इटहरी । उदयपुर र मोरङका दुई स्थानमा पानीमा डुबेर दुई जनाको ज्यान गएको छ ।

बिहीबार दिउँसो उदयपुरको बेलका नगरपालिका–८ माझीगाउँका ३८ बर्षीय दिल प्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।
माझी पानीमा डुबीरहेको अवस्थामा फेला परेपछि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरी मोरङको बुढिगंगा गाउँपालिका–६ ऐलानपुरका ४० बर्षीय ठेगिया उरावको पनि माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो ऐलान खोलामा माछा मार्न भनी गएका उराव पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाउनसाथ प्रहरीको टोली पुगेरथप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।