सुनसरीबाट लागुऔषध सहित एक जना पक्राउ

Newslaya Home

सुनसरीबाट लागुऔषध सहित एक जना पक्राउ

बिहीबार २०, चैत २०७६

इटहरी । सुनसरीको साहेबगंज छोटी भन्सार एरियाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

बिहीबार बिहान सिमा प्रहरी चौकी साहेबगंजबाट खटिएको प्रहरी टोलीले बर्जु–४ का २५ बर्षीय महमद अकतरलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

अकतरको साथबाट २ सय २५ पिस नाईट्रोभेट लागुऔषध ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।