अर्का छैठौं नेपालीमा कोरोना संक्रमण देखियो

Newslaya Home

अर्का छैठौं नेपालीमा कोरोना संक्रमण देखियो

बिहीबार २०, चैत २०७६

काठमाण्डौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको संख्या ६ पुगेको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा कोरोना सङ्क्रमण देखा परेको बताएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार दोहाबाट काठमाण्डौं आएको QR 652  उडानमा आएका व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

यसअघि नेपालमा देखिएका पाँचैवटा कोभिड–१९ सङ्क्रमणका घटनामा विदेशबाट फर्किएका नेपालीहरू जोडिएको अधिकारीहरू बताउँछन् ।

हालसम्म ११ सय ८४ जनामा कोभिड–१९ को परीक्षण गरिएकोमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइशोलेसनमा राखेर उपचार जारी राखिएको अधिकारीहरू बताउँछन् ।