कविताः बा र कोरोना

Newslaya Home

कविताः बा र कोरोना

—विनोद खत्री
बिहीबार २०, चैत २०७६

बाह्र बर्ष अघि
बाका रहरहरुमा,
छहारी हाल्न छाडी,
छारो हाली
शहर पसेको छोरो,
आज
हातमा छोरो डोर्‍याउदै
बुहारीको साथमा गाउँ फर्कन्छ,
बुहारीलाई बा चिनाउछ
ढोग गरे बा,
बा चाउरिएका गालामा
आशु लुकाइ
हासो देखाइ भन्नू हुन्छ,
धन्य ,
धन्य, भगवान ढिलै भए नि
मेरो करुणा सुनिदियौ,
मेरो केश फुलेर के भो,
छोरो हो ,
देश हेर्‍यो,
भेष फेर्यो,
ए ! ठुलेकी आमा ?
बाहिर हेर त !
ठुले ठूलै समय पछि
घर सम्झेर,
घर फर्कियो ।

नभनिदेउ कसैले बा लाई

घर सम्झेर
तपाईं सम्झेर
तपाईंको करुणा सुनेर हैन,
वुहानको कोरोना सुनेर
डर लुकाउन
गाउँ फर्केको
जसरी सानोमा डराउँदा
डर लुकाउन
दौडिदै तपाईको काख फर्कन्थ्यो ।।।

      कविः विनोद खत्री
   हतुवागढी–४, भोजपुर

1 प्रतिकृयाहरू प्राप्त
  • कृष्ण कार्कीलेख्नुहुन्छ
  • |
  • बिहीबार २०, चैत २०७६
राम्रो लाग्यो मलाई।