अष्ट्रेलियामा ९० दिनको लकडाउन घोषणा

Newslaya Home

अष्ट्रेलियामा ९० दिनको लकडाउन घोषणा

बिहीबार २०, चैत २०७६

काठमाण्डौ । अष्ट्रेलियाको न्यू साउथ वेल्समा ९० दिनको लकडाउन घोषणा गरिएको छ ।

साथै लकडाउनको नियम तोड्नेमाथि एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्नेछ । अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ भने २३ जनाको मृत्यु भइसकेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ७ सय बढी नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो तथ्यांकसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ५५ पुगेको छ ।

त्यस्तै एकै दिन ४ हजार ७ सय ७८ जनामा संक्रमण देखिएसँगै इटालीमा संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको हो ।