चीनमा फेरि लकडाउन घोषणा

Newslaya Home

चीनमा फेरि लकडाउन घोषणा

बिहीबार २०, चैत २०७६

काठमाण्डौ । चीनमा दोस्रो चरणको कोरोना प्रकोप बढ्‍नसक्‍ने भन्दै फेरि लकडाउनको घोषणा गरिएको छ । अधिकारीहरुका अनुसार चीनको मध्यक्षेत्रमा पर्ने हेनान प्रान्तमा पूर्ण लकडाउनको घोषणा गरिएको हो ।

उक्त प्रान्तको जिया क्षेत्रमा कर्फ्युजस्तै गरी लकडाउन घोषणा गरिएको हो । मानिसलाई घरबाहिर निस्किन पूर्ण प्रतिबन्ध लगाइएको छ । ६ लाख मानिसको बसोबास भएको उक्त क्षेत्रमा कसैलाई घरबाहिर निस्किनै परे विशेष अनुमति लिनुपर्ने बताइएको छ ।

दुई महिनाभन्दा बढी समय निरन्तरको लकडाउनबाट कोरोना संक्रमणको फैलावटलाई नियन्त्रणमा लिएको चीनमा फेरि त्रास बढेको हो । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बुधबार ३६ नयाँ संक्रमित फेला परेका छन् ।

चीनमा हालसम्म कोरोना संक्रमणबाट करिब ८२ हजार संक्रमित भएका थिए भने ३३ सयको मृत्यु भएको छ ।