भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, २४ घण्टामा १२ जनाको मृत्यु

Newslaya Home

भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, २४ घण्टामा १२ जनाको मृत्यु

बिहीबार २०, चैत २०७६

नयाँदिल्ली । भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । भाइरसको संक्रमणबाट २४ घण्टामै १२ को मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १२ जनाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार अहिलेसम्म १९६५ जना संक्रमित भइसकेका छन् । जसअनुसार भारतमा संक्रमति र मृतकको संख्या अनपेक्षित रुपमा ह्वात्तै बढेको हो ।

कोरोना महामारीविरुद्ध लड्न भारत सरकारले २१ दिनको लकडाउन घोषणा गरिसकेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई दिल्ली सरकारले १ करोड क्षतिपुर्ति दिने घोषणा गरिसकेको छ ।