कविताः कोरोना आतङ्क

Newslaya Home

कविताः कोरोना आतङ्क

—दिपा काफ्ले
बुधबार १९, चैत २०७६

कोरोना भाइरसको, सब आतङ्क र !
एकबार यो संसारलाई, भाइरस मुक्त गर ।
सुख छैन रति भर, शान्ति हरायो यहाँ
मन आतिन्छ सबको, कोरोना लाग्छ कि जहाँ ।

दुनियाँमा रहेन, कसैको भर
को संक्रमित को छ, सुरक्षित यहाँ ।
एकबार यो संसार, एक्लै छाड
कोरोना भाइरसको, आतङ्क र !

कति कारणले, कोरोना आयो
किन विश्वमा, आतङ्क छायो ।
केही बेर दुनियाँमा, प्रचार गर
एक बार संसार, भाइरस मुक्त गर ।

शरीर गल्छ सबको, इच्छा जल्छ सँगै
भाइरस सर्ने डरले, ब्याकुल भई !
अतिकष्ट भयो संसार, सब कष्ट हर
एकबार संसार यो, भाइरस भुक्त गर ।

भण्डार, भविष्यको, अनिश्चित नहोस्
यो उपदेश सुनी, भाइरस नष्ट होस् ।
आत्म सुरक्षा, सबैले गरौं
आफू संयमित भएर, घर भित्र बसौं ।।

कसरी कोरोना भाइरसको, आतङ्क हट्छ
कहिलेबाट हामीलाई, यो आतङ्क हट्छ ।।।

कवयत्रीः दिपा काफ्ले
    सुनसरी