लकडाउनमा के गर्दै छ इटहरी उपमहानगर ?

Newslaya Home

लकडाउनमा के गर्दै छ इटहरी उपमहानगर ?

बुधबार १९, चैत २०७६

इटहरी । इटहरी उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा लकडाउनको समयमा विभिन्न कामहरु गर्दै आएको छ । उपमहानगरपाकिाले क्वारेन्टाइन निर्माण गर्नुका साथै विपन्नलाई राहत वितरण, बजार अनुगमन लगायतका काम अघि बढाएको हो । हेरौं लकडाउनका समयमा इटहरी उपमहानगरपालीकाले गरेका कामहरुः

–क्वारेन्टाइन निर्माण
इटहरी उपमहानगरपालिकाले कोरोना संक्रमणको आशंक गरिएकाहरुलाई राख्न जनता क्याम्पसमा १ सय २ बेडको क्वारेन्टाइन स्थल बनाएको छ । इटहरी उपमहानगरपालिकाले आवश्यक परे कृषि अनुसन्धान केन्द्र तरहरामा थप १ सय वेडको क्वारेन्टाइन निर्माण गर्ने तयारी गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन् । क्वारेन्टाइनमा इटहरीका बिभिन्न संघ संस्थाले आवश्यक सामाग्रीहरु सहयोग गरेका छन् ।


–विपन्नलाई राहत वितरण
दैनिक ज्यालादारीमा काम गर्ने १० हजार विपन्न परिवारलाई उपमहानगरपालिकाले राहत वितरण गर्न थालेको छ । उपमहानगरले राहत वितरण गर्न वडाहरुमा खाद्यसमाग्री पठाइरहेको छ । लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन एक हप्तालाई पुग्ने राहत वितरण थालिएको मेयर द्वारिकलाल चौधरीले जानकारी दिएका छन् ।

उपमहानगरले विपन्न परिवारलाई करिब ८०० रुपैयाँ बराबरको तेल चिनी, दाल, नुन चामल वितरण गरिरहेको छ । 

–राहत कोष स्थापना
इटहरी उपमहानगरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि आग्रह गरेको छ । नेपाल वैंक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि उपमहानगरले आग्रह गरेको हो ।

घर घरमा खाद्यान्न विक्रि वितरण
उपमहानगरले लकडाउनको समयमा खाद्यान्न तथा अत्याबश्यक सामाग्रीहरु घर घर पुर्याउन इटहरीस्थित गोरखा डिर्पाटमेन्ट स्टोरको सहयोगमा प्रत्येक वडामा खाद्य बस्तु विक्रि वितरण गरिरहेको छ ।

–उपभोक्ताहरुबीच दुरी कायम
इटहरीमा दैनिक उपभोग्य वस्तुहरु वेचविखन गर्ने पसलहरुमा दुरी कायम गर्न गोलो घेरा बनाइएको छ । करिव २० वटा पसलमा उपमेयर लक्ष्मी गौतम आफैले गोलो रेखांकन गरेकी हुन् । सब्जि, दुध डेरी र खाद्यान्न पसलहरुमा साँझपख धेरै भीड लाग्ने गरेको अनलाइन उजुरी आएपछि रेखांकन गरिएको हो । सर्वसाधारण त्यहि गोलोघेरामा रहेर सामान खरिद गर्न थालेका छन् ।

–बजार अनुगमन
लकडाउन पछि इटहरीमा बजार अनुगमन गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर गौतमका अनुसार आलु र प्याजको होलसेल पसलहरुको अनुगमन गरिएको हो ।

 

Image may contain: 1 person, standing, outdoor and nature

Image may contain: one or more people and people sitting

Image may contain: people sitting, table and indoor

Image may contain: 3 people, people standing and outdoor