यसपटक रामधुनीमा रामनवमी मेला नलाग्ने

Newslaya Home

यसपटक रामधुनीमा रामनवमी मेला नलाग्ने

बुधबार १९, चैत २०७६

इटहरी । रामधुनी मन्दिरमा चैत्र २० गते रामनवमी मेला नलाग्ने भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिल्ली कार्कीका अनुसार कोरोना भाइरस (कोभोड–१९) को संक्रमण फैलीने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले अहिले देशमा लक डाउन गरेको अबस्थामा सबैले सुरक्षित हुनुपर्ने भएकाले मेला स्थगित गरिएको हो ।

रामनवमीमा रामधुनीमा सधै ठूलो मेला लाग्ने गरेको थियो । यसपटक भने कोरोनाका कारण मेला नलाग्ने भएको हो ।

रामधुनीमा रामले धुनी बालेको ठाउँको रुपमा पूजा गरिदै आएको छ ।