तालिबानी आक्रमणमा परी ६ सैनिकको मृत्यु

Newslaya Home

तालिबानी आक्रमणमा परी ६ सैनिकको मृत्यु

सोमबार १७, चैत २०७६

एजेन्सी । अफगानिस्तानको दक्षिणी भागमा रहेको जाबुलमा अफगान सेनाको एक चेकपोइन्टमा आक्रमण हुँदा ६ जना सैनिकको ज्यान गएको छ ।

आइतबार राति तालिबान आतंकवादीहरूले सैनिकहरूलाई झुक्याएर क्याम्पमा पस्न सफल भई आक्रमण गरेका हुन् । तालिबानसँगको भिडन्तमा सैनिकहरू मारिएको जाबुलका गभर्नर राहमतुल्लाह यारमलले बताए ।

सैनिकहरुको हत्यापछि कैयौं हतियार लिएर उक्त क्षेत्रबाट तालिबान लडाकू भागेको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

फेब्रुअरी २९ मा अमेरिका र तालिबानले कतारको राजधानी दोहामा शान्ति सम्झौतामा सहमति गरेका थिए ।