भारतबाट नेपाल आएकी एक युवतीको वीर अस्पतालमा मृत्यु

Newslaya Home

भारतबाट नेपाल आएकी एक युवतीको वीर अस्पतालमा मृत्यु

सोमबार १७, चैत २०७६

काठमाण्डौ । भारतबाट नेपाल आएकी चन्द्रागिरी नगरपालिका–१५ की एक युवतीको मृत्यु भएको छ ।

उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या भएर सोमबार बिहान अस्पताल भर्ना भएकी युवतीको मृत्यु भएको छ । मृत्युको कारणबारे खुल्न नसके पनि कोरोना संक्रमणको आशंका गरिएको छ । सोही आशंकामा उनलाई वीर अस्पतालमा बिहान भर्ना गरिएको थियो ।

उनलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको अस्पतालले जनाएको छ । कोरोनाको आशंका गरिएकी ती मृत युवतीको स्वाब परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको जनाइएको छ ।