सप्तरीमा सशस्त्र प्रहरीबाट निर्घात कुटिए दुई युवक

Newslaya Home

सप्तरीमा सशस्त्र प्रहरीबाट निर्घात कुटिए दुई युवक

सोमबार १७, चैत २०७६

सप्तरी । सप्तरीमा लकडाउन उल्लंघन गरेको आरोपमा सशस्त्र प्रहरी बलले दुई युवकमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।

लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा कुटपिट गरेका हुन् । घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा कुटपिटमा भएको पीडित युवाले बताए ।

दुबैलाई भुइँमा घोप्टो पारेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । कुटपिट गर्ने कर्मचारी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका थिए ।

घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बलानबिहुल जनाइएको छ ।