दार्जिलिङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

Newslaya Home

दार्जिलिङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

सोमबार १७, चैत २०७६

काठमाण्डौ । दार्जिलिङमा कोरोना भाइरसको सक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

१५ चैतमा कोरोना भाइरस पोजेटिभ देखिएकी कालेबुङकी ४५ वर्षीया महिलाको सोमबार (आज्र) बिहान मृत्यु भएको हो। उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

उत्तर बंगालमा पहिलोपटक कोरोना भाइरसबाट मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। उनी गएको फागुन २४ गते छोरीको उपचारका लागि कालेबुङबाट चेन्नइ गएकी थिइन्। कालेबुङ फर्केपछि उनमा कोरोना भाइरसको लक्षण देखिएको थियो।

उनी १३ चैतमा उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना भएकी थिइन । ती महिलाका परिवारका सदस्य र उनका सम्पर्कमा आउने १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ।