कोरोना संक्रमित युवतीसँग ४८ जिल्लाका यात्रु आएको खुलासा

Newslaya Home

कोरोना संक्रमित युवतीसँग ४८ जिल्लाका यात्रु आएको खुलासा

सोमबार १७, चैत २०७६

काठमाडौं । बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी बागलुङकी १९ वर्षकी युवतीलाई कोरोना संक्रमण देखिएपछि प्रहरीले सँगै आएकाहरुको खोजी थालेको छ ।

कतार एरवेजमा युवतीसँगै १५८ जना आएको र जसमध्ये १३४ जना प्रहरी सम्पर्कमा आइसकेका छन् । उनीहरु सबै क्वारेन्टाइनमा रहेको प्रहरी सह–प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

उनका अनुसार सो जहाजमा काठमाडौं, रुपन्देही, झापालगायत ४८ जिल्लाका यात्रु सवार रहेको खुलेको छ ।

प्रहरीले सम्पर्कमा नआएका २४ जनाको खोजी गरिरहेको छ । संक्रमित युवतीको अवस्था भने सामान्य रहेको शनिबार पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले जनाएको थियो । नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।