कोरोनाबारे अफवाह फैलाउने एक महिला पक्राउ

Newslaya Home

कोरोनाबारे अफवाह फैलाउने एक महिला पक्राउ

आइतबार १६, चैत २०७६

चितवन । कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेका बेला धर्मलाई जोडेर भ्रामक कुरा गरी अफवाह फैलाउने एक जना महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका–७ जगन्नाथपुरी बस्ने ३८ वर्षीया जानकी ढुङगाना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई १४ गते नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ ।

उनले ‘तपाइँहरु येशुलाई विश्वास गर्नुस्, तपाईँहरुलाई केही हुँदैन, कोरोना भाईरसले समेत छुन सक्दैन’ भन्दै स्थानीयहरुमा भ्रम फैलाएको प्रहरीको आरोप छ ।

पक्राउ परेकी ढुंगानामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जानकारी दिइएको छ ।