लकडाउन एक साता थप,अन्तर्राष्ट्रिय उडान अझै १५ दिन ठप्प

Newslaya Home

लकडाउन एक साता थप,अन्तर्राष्ट्रिय उडान अझै १५ दिन ठप्प

आइतबार १६, चैत २०७६

काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

यस्तै चैत्र ११ गते देखि सुरु भएको लकडाउन एक हप्ता लम्बिने भएको छ । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो ।